समाचार

कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेको उपलक्ष्यमा बिहीबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
प्रदेश नामकरणका लागि बुधबार भएको मत विभाजनमा कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए । विपक्षमा ४ जना सांसदले मतदान गरेका थिए भने ६ जना अनुपस्थित रहेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page