समाचार

सप्तरीको शम्भुनाथ नगरपालिकाका प्रमुख गुप्ता र इन्जिनियर साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सप्तरी, १७ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि नगर प्रमुख गुप्ता र इन्जिनियर साहविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको अख्तियारले जनाएको छ । ।
अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा नगर प्रमुख गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारले जनाएको छ ।
नगरप्रमुख गुप्ताविरुद्ध घूस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै नगर प्रमुख गुप्ता निलम्बित भएका छन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page