समाचार

कोशी ब्यारेजबाट बालुवामुनि गाडेर राखेको ६० केजी गाँजा बरामद

कञ्चनरुप, २२ फागुन । कोशी ब्यारेजबाट प्रहरीले ६० किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकानिली नगरपालिका १ कोशी ब्यारेजबाट प्रहरीले ६० किलो गाँजा बरामद गरेको हो ।
बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय भारदहबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले दक्षिण कोशी बाँधको २ सय मिटर तल छेउमा बालुवा मुनि अवैध रुपमा गाँजा गाडि राखेको छ भनि खानतलासी गर्दा उक्त गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गाँजा कसले कहाँबाट ल्याएर गाडेको हो ? कहाँ लैजान लागिएको हो ? केही खुल्न नसकेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताउनु भयो ।
बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको र थप अनुसन्धान भईरहेको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page