समाचार

स्विस चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजको मधेश प्रदेशको अध्यक्षमा सतिश सिंह

सप्तरी, ४ चैत । नेपाल स्विस चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज मधेश प्रदेशको अध्यक्षमा सप्तरी निवासी सतिश कुमार सिंह चयन हुनु भएको छ ।
मधेश प्रदेश सभा सदस्य समेत रहनु भएको सिंहले स्विस चेम्बर मधेश प्रदेशको अध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।
सो कमिटीको सदस्यमा अनुप अग्रवाल, सन्दिप अग्रवाल, आशिष महतो रहनु भएको छ ।
सिंहले नेपाल स्विस चेम्बर अफ कमर्सको मधेश प्रदेशको अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page