खेलकुद

सप्तरीको कञ्चनरुपमा मेयर कप खेलकुद प्रतियोगिता सुरु

कञ्चनरुप, ७ चैत । सप्तरीको कञ्चनरुपमा मंगलबारदेखि मेयर कप प्रतियोगिता सुरु भएको छ। कञ्चनरुप नगरपालिकाको आयोजनामा मेयर कप प्रतियोगिता २०७९ सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका नेता एवम् पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गरेका थिए।

सो अवसरमा वोल्दै नेता निधिले वर्तमान गठबन्धनको सरकार पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति भएको बताएका छन । उनले पहिलो कार्यकाल प्रचण्ड, दोस्रो कार्यकाल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो कार्यकाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताए । उनले बर्तमान सरकारले छिटै पूर्णत पाउने समेत बताए ।

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले खेलाडी राष्ट्रका गहना भएकोले उनीहरुको प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता हुन आवश्यक रहेको भन्दै उनले नगरपालिकाको तर्फबाट योग्य खेलाडी उत्पादन तथा प्रदेश र देशको खेलकुद स्तर माथी उठाउन विभिन्न योजना बनाएर अघि बढेको बताए।
चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटै वडाले फुटबलमा भागलिएका छन् ,भने क्रिकेट खेलमा १० वटा वडाको टिमले सहभागी जनाउने छन। फुटबल खेल बरमझियाको खेल मैदानमा हुने छ भने क्रिकेटको खेल वडा नम्बर ९ स्थित खैरवनाको मैदानमा हुने नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताको पहिलो चरणको मेयर कप खेलमा फुटबल र क्रिकेट खेल हुने भएको छ भने दोस्रो चरणमा ब्याडमिन्टन र क्रेमबोड खेल हुने भएको छ ।
प्रथम हुनेलाई नगद रु ५० हजार, शिल्ड प्रमाणपत्र मेडल तथा दोस्रो हुनेलाई नगद ३० हजार, प्रमाणपत्र, कप, मेडल प्रदान गरिने जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page