राजनीति समाचार

सप्तरी २ बाट पराजित जसपाका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा गरे उम्मेदवारी दर्ता

बारा । गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बारा २ मा उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर २ कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा अध्यक्ष यादवले मनोनयन दर्ता गराएका हुन् ।
यो क्षेत्रमा नेकपा एमालेबाट पुरूषोतम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले र नेमकिपाबाट मुक्ति यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
बारा २ मा जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page