मधेस प्रदेश समाचार समाज

सप्तरीमा १४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा एक युवकलाई तीन वर्ष कैद

राजविराज । सप्तरीमा १४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा एक युवकलाई तीन वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई बुधबार तीन वर्ष कैद सजाय भएको हो ।
जिल्ला न्यायाधीश डा. आचार्यको इजलाले आरोपितले बालविवाह कसुर गरेको ठहर गर्दै ३ वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको अदालतले जनाएको छ ।
आरोपितले शम्भुनाथन गरपालिका–३ स्थित शम्भुनाथ मन्दिरमा २०७९ माघ ११ गते बालविवाह गरी हाड नातामा विवाह र बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा माघ २१ गते उजुरी दिएका थिए ।
छोरी बेपत्ता भएको भन्दै माघ १२ गते हुलिया जाहेरी दिएका पीडितका बुबाले बालिका र आरोपित दुबै माघ २१ गते फेला परेपछि बालविवाह र हाडनाता करणीको उजुरी दिएका हुन् । अदालतले बालविवाह कसुर मात्र पुष्टि गरेको छ ।
बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो । बालिकालाई अभिभावकको जिम्मा लगाइएको थियो ।
जिल्ला अदालतमा फागुन १६ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले आरोपित फागुन १७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page