स्वास्थ्य

निःशुल्क आयुर्वैद स्वास्थ्य शिविरबाट ४ सय २२ जनाले उपचार गराएर लाभ लिए

राजविराज, ९ असार । सप्तरीको महादेवा गाउँपालिकामा शनिवार निःशुल्क एक दिने आयुर्वैद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
महादेवा गाउँपालिकाको आयुर्वैद शाखाको आयोजनामा वडा नम्बर ५ स्थित जनता माध्यमिक विद्यालय भगवतपुरमा एक समारोह विच प्रमुख अतिथी गापा अध्यक्ष सुनिलकुमार मण्डलले निःशुल्क एक दिने आयुर्वैद स्वास्थ्य शिविरको शुभारम्भ गर्नु भयो ।
अध्यक्ष मण्डलले विभिन्न खाले विरामीहरुले आयुर्वैदको माध्यमबाट सेवा पाएर लाभान्वित हुने विश्वास ब्यक्त गर्नु भयो ।
५ नम्बरका वडाध्यक्ष हरेराम मण्डलको अध्यक्षतामा आयोजित सो शिवीरमा प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा, डा. शिवशंकर यादव, डा. नन्द कुमार कुशवहा, वडाध्यक्ष जागेश्वर ईसर,जितेन्द्रकुमार साह, मल प्रसेला लगायतले आ–आफनो शुभकामना मन्तब्य दिएका थिए ।
सो शिवीरमा बाट ग्याष्टीक, पेट रोग, पिसाव रोग, दम लगायत सम्पुर्ण पुरानो रोगका विरामीहरुको उपचार गरिएको थियो । शिविरबाट बृद्ध–बृद्धा, महिला, बालबालिका सहित ४ सय २२ जनाले उपचार गराएर लाभ लिनुभएको थियो । शिविरमा निशुल्क औषधी समेत वितरण गरेको आयुर्वैद शाखाका संयोजक जितेन्द्रकुमार साहले जानकारी दिनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page