समाज स्वास्थ्य

सप्तरीको कञ्चनरुपमा ११ जना डेंगुका बिरामी भेटिए

कञ्चनरुप , ३२ श्रावण । पछिल्लो समय कोशी प्रदेश सहित देशका विभिन्न भागमा देखा परिरहेको डेंगु रोगको संक्रमण सप्तरीको कञ्चनरुप नगरपालिकामा पनि डेंगुका बिरामी भेटिएका छन् ।
कञ्चनपुर नगर अस्पतालमा बुधबारसम्म गरिएको परीक्षणमा ११ जनामा डेंगु रोगको संक्रमण देखिएको हो ।
नगर अस्पतालका अनुसार संक्रमण हुनेमा वडा नम्बर ९ वडा अध्यक्ष रामसुन्दर यादव, ४५ र ५५ वर्षीय २ जना पुरुष, वडा नम्बर १० का २७ वर्षीय पुरुष, वडा नम्बर १२ का ६२ र २२ वर्षीया महिला , वडा–७ का एक वर्षीय वालक ,वडा–६ का २७ वर्षीय पुरुष , वडा–५ का ३० वर्षीय महिला र वडा –४ का ३० वर्षीय महिला गरि ११ जना रहेका छन् ।
स्वास्थ्यकर्मीका अनुसार सबै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
डेंगु रोगको बिरामी फेला पर्न थालेपछि उच्च सर्तकता अपनाउन चिकित्सकले सल्लाह दिएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page