समाचार

बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ। नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।
नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचना अनुसार इस्लाम धर्मावलम्बिको पर्व बकर इद (ईद उल अजहा) भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी सूचनामा उल्लेख छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page