आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाचार

कोशी ब्यारेज पुलमा बस र ट्रक ठोक्कियो, ट्रक नदिमा खस्यो

सप्तरी, २९ असार । सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा आज बिहान बस र ट्रक एक आपसमा ठोकिँदा ट्रक नदीमा खसेको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एकआपसमा ठोक्किदा ट्रक नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ ।
सुनसरी प्रहरीका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको ९ र १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्काउँदै ट्रक नदीमा खसेको हो । बसको खासै ठूलो क्ष्यति भएको छैन ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page