मंगलबार, १८ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, १८ कात्तिक २०८३
समाचार

राजविराज नगरपालिकाले डोजरको प्रयोग गरी हटियाको अतिक्रमण गरिएका अवैध संरचना हटाउँदै

राजविराज, १२ श्रावण । सप्तरीको राजविराज नगरपालिकाको हटियामा आज जग्गा अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचना हटाइएको छ । नगरपालिकाले प्रहरीसँग समन्वय गरी सो अवैध संरचना हटाएको हो ।

नगरपालिकाले डोजरको प्रयोग गरी वडा नम्बर ७ स्थित हटिया क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचना हटाइरहेको छ ।
नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेको थियो । आग्रहका बाबजुद पनि नहटाएपछि डोजर लगाएर भत्काउन थालिएको राजविराज नगरपालिकाले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page