समाचार

१७ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकविरुद्ध उजुरी दर्ता

राजविराज । सप्तरीमा १७ वर्षीया बोल्न नसक्ने अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक विरुद्ध उजुरी दर्ता भएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका–७ भगवतपुरका २० वर्षीय प्रसाद सदाविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले उजुरी दर्ता गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पीडितलाई नियन्त्रणमा लिई आरोपितले साउन १० गते बलात्कार गरेको भन्दै पीडितका बुबाले दिएको उजुरी दर्ता गरिएको छ ।
साउन ११ गते पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।
घटनापछि आरोपित फरार रहेको र खोजविन भइरहेको प्रहरीले जनाएको छ । आरोपितविरुद्ध साउन १२ गते पक्राउ अनुमति पत्र जारी भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page