समाचार

सप्तरीमा चामलको बोराभित्रबाट ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ

सप्तरी, ३० भदौ । सप्तरीको बलान विहुल गाउँपालिका–१ स्थित मल्हनियाँबाट भारतीय सीमा क्षेत्र हुँदै चामलको बोराभित्र राखेर नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।
पूर्व पश्चिम राजमार्गतर्फ आइरहेको स. १ ह ३६८६ नम्बरको अटोलाई बलान बिहुलमा रोकेर चेकजाँच गर्दा दुई वटा बोरामा रहेको चामलको बीचमा तीनवटा प्लास्टिकको झोलामा राखिएको अवस्थामा लागूऔषध भेटिएको सप्तरी प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अटो चालक राजेन्द्र राम र अटोमा चामलको बोरा राख्ने हरिहर यादव रहेका छन् ।
चामलको बोराभित्रबाट डाइजेपाम १ हजार १ सय ७५ एम्पुल, फेनारगन १ हजार १ सय ७५ एम्पुल र वुप्रेन १ हजार सय ७५ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page