खेलकुद समाचार

सप्तरीका बिष्णु एसियाली खेलकुदमा भाग लिन चिन जाने

खगेन्द्र कार्की /
फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरका बिष्णु कटवाल १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन असोज ९ गते चिन जाने भएका छ्न ।
चिनको चचिआङ प्रान्तको राजधानी हाङ्चाउमा सेक्टेम्बर २३ देखि अक्टोबर ८ सम्म सञ्चालन हुने एसियाली खेलकुद प्रतियोगिता अन्तरगत ब्याडमिन्टनमा नेपालको तर्फबाट बिष्णु कटवाल सहित ८ जना खेलाडीहरुले सहभागीता जनाउने भएका छन् ।
१३ औं दक्षिण एसियालि खेलकुद प्रतियोगिता कास्य पदक बिजेता कटुवालले हाल सम्म १४ वटा अन्तरास्ट्रिय प्रतियोगितामा सहभागिता जनाइ ३ अन्तर्राष्ट्रिय मेडल जितिसकेका छन् भने यो सहित २ एसियालि खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् ।
सप्तरीको सप्तकोसी नगरपालिका जन्मिएका कटवाल २०६३ सालदेखि खेल जिवन शुरु गरि १३ औं दक्षिण एसियाली (साग) खेलकुदमा सहभागी भै ब्याडमिन्टनमा बिष्णु कटुवालले कास्य पदक जितेका थिए ।
राज्यबाट पर्याप्त सुविधा नपाएको अवस्थामा पनि दक्षिण एसियामा उत्कृष्ट हुनु सामान्य कुरा नभएको बताए । खेलाडीहरूले राज्यलाई एउटा पाठ पनि सिकाएका छन्, राज्यले खेलाडीलाई अझै सुविधा प्रदान गर्ने हो भने नतिजा यो भन्दा कैयौं गुणा राम्रो आउने रहेछ,’ उनले भने ।
सञ्चारकर्मीसंग कुरा गर्दै कटुवालले भने ‘खेलाडीको जति दुःख यो मुलुकमा कसको होला र ? अहिले जेजति नतिजा हामीले हात पारेका छौं, त्यसमा खेलाडीको संघर्ष र मेहनतको वर्णन गर्ने हो भने आँखाबाट आँशु आउँछ, अझै पनि हाम्रो देशमा खेलाडीहरुलाई अन्य देशका खेलाडीलाई जस्तो सेवा सुविधा दिइने गरेको छैन ।
२०६३ सालबाट ब्याडमिन्टन खेल्न शुरु गरेको इतिहास सुनाउँदै कटुवालले पहिलो राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा आफुले लगाएको सिक्री बेचेको दुख समेत पोखे । खेलाडी भएर नगरमात्रै नभएर देशको शान बढाउन पाउँदा गर्व लागेको छ । ‘एउटा गाउँको सामान्य परिवारमामा जन्मे र मैले देशको शान बढाउन पाएँ, यो मेरा लागि गर्वको कुरा हो, आगामी दिनमा पनि देशको प्रतिनिधित्व गर्दै देशलाई जिताउने गरि मेहनत गर्नेछु जसले नेपालको झण्डाको गरिमा बढाउने कटुवालले बताए।
एसियाली खेलकुद प्रतियोगिता सेप्टेम्बर २३ बाट औपचारिक सुरु भएर अक्टोबर ८ सम्म जारी हुनेछ । प्रतियोगितामा ४५ एसियाली देशका १२ हजार खेलाडीहरुले सहभागीता जनाउने छन् भने नेपालबाट २९ खेलमा साढे दुई सय खेलाडीहरुले सहभागीता जनाउने छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page