मधेस प्रदेश समाचार

सप्तरीबाट चाँदीका अवैध गरगहनासहित दुई जना पक्राउ

कञ्चनरुप, ७ असोज । सप्तरी प्रहरीले चाँदीको अवैध गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहाको मिर्चैया नगरपालिका २ महदेवाका १९ वर्षीय असोक साह र सोही नगरपालिका १२ बरही टिकुलियाका २४ वर्षीय विनोद कुमार ठाकुर रहेको प्रहरीले जनाएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर ५ खडक खोलामा शनिबार लाखौंको चाँदीको अबैध गरगहनासहित दुवै जनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
प्र २–०१–००४ प ०३५८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट चाँदीबाट तयार गरिएको १७ लाख ५० हजार मुल्यको विभिन्न अवैध किसिमको गरगहना, नगद २ लाख ९६ हजार ६ सय, नेपाल बैंक लिमिटेडको ३३ हजार ८ सय, एभरेष्ट बैंक लिमिटेडको २० हजार ९ सय र ५६ हजार ५ सयको भरेको चेक ३ थान र प्र २–०१–००४ प ०३५८ नम्बरको यमहा कम्पनिको सैलुटो मोटरसाइकल १ थान र मोबाईल २ थान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बोदेबर्साइन र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।
गरगहनासहित पक्राउ परेका दुबैजनालाई आवश्यक कार्बाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाइएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page