मधेस प्रदेश राजनीति समाचार

देशको विकासलाई हाक्न सक्ने अभियन्ताको रुपमा एमाले पार्टी नै रहेको : एमाले अध्यक्ष ओली

जनकपुर, असोज २४ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासलाई हाक्न सक्ने अभियन्ताको रुपमा एमाले पार्टी नै रहेकोले बताउनु भएको छ ।
नेकपा एमाले मधेश प्रदेशको बुधबारदेखि जनकपुरधाममा शुरु भएको प्रथम प्रदेश अधिबेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले गठबन्धनको वर्तमान सरकार जनता प्रति जवाफदेही नभएको भन्दै जनता प्रति जवाफदेही हुन सरकारलाई आग्रह गर्नु भएको छ । जनताको जनजिविका सँग जोडिएका वस्तुहरुको मुल्य दिन प्रति दिन अकासिदै गएको र यसले नेपाली जनताको जनजिवनमा असर पर्दा पनि सरकारले जवाफदेही ढंगवाट काम गर्न नसको बताउनु भयो ।

उहाँले इजरायलमा फसेका नेपाली विद्यार्थी सहित आम नागरिकलाई उद्धार गरी राहत सुविधा उपलब्ध गराउन सरकारलाई आग्रह गर्नु भयो ।
अध्यक्ष ओलीले देशको विकासलाई हाक्न सक्ने अभियन्ताको रुपमा एमाले पार्टी नै रहेकोले देश र मधेशको विकासका लागि एमालेको पुर्ण बहुमतको सरकार आवश्यक भएको त्यसका लागि एमालेले मिसन ८४ को शुरुवात गरिसकेको बताउनु भयो । उहाँले हरेक वाडामा एमाले कमतीमा ५१ प्रतिशत हुने गरी अभियानमा लाग्नका लागि नेता कार्यकर्तालाई आग्रह गर्नु भयो । नेकपा एमाले मधेश प्रदेशको प्रमुख पार्टी भएपनि त्यसले सरकार बनाउन नसकिने भएकोले आउने निर्वाचनमा एमालेलाई कमतीमा ६० सिट आउने किसिमलेकाम गर्नका लागि कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।
उहाँले विगतमा आफु नेतृत्वको सरकारको कामकाज देखेर विरोधीहरुले विभिन्न खालका षडयन्त्र गरेपनि एमाले पहिलो शक्तिको रुपमा जनताको माझ रहेको बताँउदै आन्तरिक एकता र विरोधी सँग मुकावला गरी एमालेका नेता कार्यकर्ताले दृढतापूर्वक एकतावद्ध ढंगले अगाडी बढनु पर्ने बताउनु भयो ।

कार्यक्रममा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेपाललाई उठाउनका लागि मधेशलाई उठाउन जरुरी रहेको भन्दै त्यसका लागि एमालेका सरकार आवश्यक भएको बताउनु भयो । एमालेको बहुमत नभएको खण्डमा देशमा राजनीतिक स्थायित्व कायम नहुने भन्दै अगामी निर्वाचनमा एमालेलाई बहुमत दिलाउनका लागि उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रममा महासचिव शंकर पोखरेलले देशको विकासका लागि भिजन प्रस्तुत गर्ने पार्टी एमाले मात्र भएको जिकिर गर्दै एमाले नेतृत्वको सरकारका लागि मधेश प्रदेशले निर्णायक हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । मुलुकमा राजनीतिक स्थिीरता र समाजिक अराजकता फैलिएको र यस वाट मुक्तिका लागि एमाले नै एक विकल्प भएको बताउनु भयो ।

कार्यक्रममा एमालेका मधेश इन्र्चाज योगेश भटट्राइ ,कोषी इन्र्चाज रघुविर महासेठ ,धनुषा इन्र्चाज लिलानाथ श्रेष्ठ, महोतरी इन्र्चाज जुली कुमारी महतो सहितकाले बोल्नु भएको थियो । समाजिक न्याय र सुशासन हाम्रो कार्यभार , मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार ” मुल नाराको साथ आज वाट शुरु भएको प्रदेश अधिबेशनमा एक हजार २७ जना प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।
अधिबेशनको बन्द शत्र आजै राती बाट शुरु गर्ने तयारी गरिएको प्रदेश अध्यक्ष राम औतार यादवले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page