मधेस प्रदेश समाचार समाज

सप्तरीको बरमझियामा बसको ठक्करबाट ५ वर्षीय बालकको घटनास्थमै मृत्यु

कञ्चनरुप, २४ असोज । सप्तरीको बरमझियामा बसको ठक्करबाट ५ वर्षीय बालकको घटनास्थमै मृत्यु भएको छ ।
बसको ठक्करबाट कञ्चनरुप नगरपालिका २ बरमझिया बस्ने स्थानीय राजु गुप्ताको ५ वर्षीय छोरा योगेश्वर गुप्ताको बुधबार साँझ घटनास्थमै मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझिया स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र २-२- ०३-००१ ख १०१० नम्बरको बसको ठक्करबाट बालकको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
बालकको शव परीक्षणका लागि राजविराज पठाइएको तथा ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page