मधेस प्रदेश समाचार समाज

सर्लाहीमा नलाको पानीमा डुबेर २ वर्षीय बालकको मृत्यु

सर्लाही, १ कार्तिक । सर्लाहीमा नलाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडैता नगरपालिका ७ का ईसाफ मन्सुरको २ वर्षीय छोरा मस्तकिम मन्सुर रहेका छन ।
प्रहरीका अनुसार खेल्ने क्रममा घर अगाडिको नालामा डुबेका बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
पोष्टमार्टमपछि मृतक बालकको शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page