समाचार

“बिजया दशमी २०८० को हार्दिक मंगलमय शुभकामना ” कञ्चनरुप न्यूज डट कम परिवार

हाम्रा समस्त पाठक ,शुभचिन्तक ,विज्ञापनदाता ,शुभेच्छुक, स्वयम् सेवक रुपमा सहयोग गर्नु हुने सहयोगीहातहरु तथा कञ्चनरुप न्युज डट कमलाई माया गर्नु हुने सबैमा हार्दिक शुभकामना ।
हामी चाहन्छौं, हाम्रा पाठक, विज्ञापनादाता, लेखक, शुभेच्छुक सबै सबैलाई सुख, समृद्धि, सुस्वास्थ्य र दीर्घायू मिलोस् ।

दशैं वा बडा दशैं :
दशैं वा बडा दशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने दशैं(नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् ।
आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।
यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page