धर्म संस्कृति समाचार

सप्तरीको कंकालिनी भगवती मन्दिरमा ६ सय ३ राँगाको बली दिइँयो

कञ्चनरुप, ६ कार्तिक । बडादशैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंकालिनी भगवती मन्दिरमा ६ सय ३ वटा राँगाको बलि चढाइएको छ ।
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदहमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा महानमवीका दिन सोमबार ६ सय ३ राँगाको बलि प्रदान गरिएको मन्दिर विकास समितिले जनाएको छ ।

प्रत्येक दशैको नवमी तिथिका दिन यो मन्दिरमा राँगा बली दिइने चलन छ । भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै भक्तजनले यहाँ राँगा बलीका लागि ल्याउने गर्दछन् ।
आफनो मनोकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको बिहार राज्य अन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि चढाउन भक्तजनहरु आएका स्थानिय भुपदेव मालिले जानकारी दिनुभयो ।
यसैबीच यस कंकालिनी मन्दिरमा बडादशैँको महानवीमीका दिन ठूलो मेला पनि लाग्ने गर्दछ । मेला भर्न हजारौँ मानिस अएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page