समाचार

महोत्तरीमा ७ वर्षीया छात्रा बलात्कार आरोपमा विद्यालय सञ्चालक साह पक्राउ

महोत्तरी । ७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा गौशालामा विद्यालय सञ्चालकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमीमा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक ३३ वर्षीय जुगलकिशोर साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
विद्यालय पढ्न आएकी बालिकालाई बिहीबार दिउँसो ४० रुपैयाँको प्रलोभन देखाई विद्यालयको छतमा लगेर बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालिकाको अभिभावकले इलाका प्रहरी कार्यालय गौशालामा विद्यालय सञ्चालक साहले जबर्जस्ती करणी गरेको जाहेरी दर्ता गराए थिए । जाहेरीको आधारमा विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएर जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट अनुसन्धानका लागि ५ दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।
पीडित बालिका र आरोपितको स्वास्थ्य परीक्षण गराएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page