समाचार

प्रहरी नायब निरीक्षक घुस रकमसहित पक्राउ

बर्दिया । बर्दियाका एक प्रहरी नायब निरीक्षक ४० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार अनुसन्धान आयोग नेपालगन्जबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक पवन साउदलाई ४० हजार घुस रकमसहित पक्राउ गरेको हो ।
लागू औषधको मुद्दा मिलाइदिने भन्दै साउदले सेवाग्राहीसँग ४० हजार घुस लिएका थिए । साउद बारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page