समाचार

सप्तरीको भारदहमा ३५ केजी ५ फिट लम्बाईको गोही फेला

कञ्चनरुप, १४ मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक पोखरीमा गोही फेला परेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित सार्वजनिक पोखरीमा करिब ३५ किलोको गोही फेला परेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
बिहीबार दिउँसो २ बजेको समयमा मन्दिर नजिकै रहेको पवन मण्डलको माछा पोखरीमा अन्दाजी ३५ केजी, ५ फिट लम्बाईको गोही फेला परेको हो ।
उक्त गोहि सुरक्षित साथ ल्याई कोशी टप्पु वन्यजन्तु आरक्षण टोलीलाई जिम्मा लगाई पठाईएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page