समाचार

नेपाल टेलिकम कार्यालय कंचनपुरका अवकाश प्राप्त प्रमुख राजदेव साहको विदाई

कञ्चनरुप, २१ मंसिर । नेपाल टेलिकम दुर सञ्चार कार्यालय कंचनपुर सप्तरीले अवकाश प्राप्त कार्यालय प्रमुखको विदाई गरेको छ । एक कार्यक्रम बीच कार्यालय प्रमुख प्राविधिक अधिकृत राजदेव प्रसाद साहलाई दोस‌ल्ला ओढाई फूलमाला लगाई बिदाई गरेको हो ।
कार्यालय प्रमुख साहको पालामा ग्राहकहरूले कहिल्यै दुःख भोग्नु नपरेको र कर्मचारीलाई समेत काखापाखा नगरी इमान्दारी पूर्वक काम गर्ने गरेको कार्यालयका प्राविधिक माधव खतिवडाले बताए ।
उँनको अवकाश जीवन सुखमय र स्वास्थमय रहोस भनी कर्मचारीहरुले शुभकामना समेत व्यक्त गरे ।
२०४३ साल जेठ ३ गतेबाट टेक्निसियनमा अस्थाई रूपमा जागीर शुरु गरेका साहको २०४५ साल फागुन‌मा स्थायी भएका थिए ।
टेक्निसियनबाट जागिर शुरु गरी प्राविधीक अधिकृत हुँदै साह कार्यालय प्रमुख सम्म भएको साहले बताए ।

शुरुमा विराटनगरमा ६ वर्ष, धनकुटामा १ वर्ष, राजविराज‌मा १ वर्ष ६ महिना, लाहानमा १ वर्ष, इटहरीमा ४ वर्ष, कंचन‌पुरमा ६ वर्ष, गाइघाटमा ३ वर्ष ६ महिना, हाल कंचनपुरबाट अवकाश पाएको साहले बताए ।
गाइ‌घाट र कंचन‌पुरमा कार्यालय प्रमुख भई इमान्दारी पूर्वक काम गरेको र आफ्नो कार्यकालमा कसैले दुख नपाएको साहले बताए ।
साह उमेर हद‌का कारण २०८० साल मंसिर १५ गते अवकाश पाएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page