समाचार

जीप दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा जीपमा सवार हालसम्म नाम, थर र वतन नखुलेका दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।

घाइतेहरूको उद्धार तथा उपचारका लागि घटनास्थलमा प्रहरी टोली र एम्बुलेन्स परिचालन गरिएको छ। दुर्घटनाको कारण तथा मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

   

You cannot copy content of this page