बुधबार, १२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १२ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीमा विभिन्न कार्यक्रम गरी मर्यादित महिनावारी दिवस मनाइँयो

राजविराज, २२ मङ्सिर । सप्तरीमा विभिन्न कार्यक्रम गरी शुक्रबार मर्यादित महिनावारी दिवस मनाइँएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत मर्यादिनत महिनावारी दिवसको अवसर पारेर महिनावारीबारे जनचेतना जगाउँदै विशेष कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइँएको हो ।
जिल्ला स्तरीय लैङ्गिक हिंसाविरुद्धको सञ्जालको आयोजना र मेची महाकाली बुहारी संयुक्त आवाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला बालबालिका तथा सामुदायिक विकास केन्द्र, ग्रीन नेपाल र अतुल फार्मेसीको सौजन्यमा राजविराज नगरपालिका १ मा सचेतनामूलक कार्यक्रमका साथ सय जना विपन्न महिलाहरुलाई स्यानिटरी प्याड वितरण गरेर मनाइँएको हो ।

कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेलले नितान्त प्राकृतिक र अनिवार्यतः घटित हुने जैविक घटनाको रुपमा रहेको महिनावारीकै कारण सृष्ट्रि चलिरहेको बताए । सन्तान उत्पादन र सृष्टि सञ्चालनका लागि अनिवार्य रहेको महिनावारीको रगत कुनै पनि हालतमा अपवित्र र अमर्यादिन नहुने उनले दावी गरे ।
सती प्रथा, दास प्रथा अन्त भएझै महिनावारीलाई छोइछिटो गर्ने प्रथा हटाउनु पर्नेमा जोड दिँदै पोखरेलले जीवनको झण्डै ५÷६ वर्ष मानसिक रुपमा अछुतो भन्ने मानसिकतामा जीवन बिताउनुपर्ने अवस्था अन्त गर्नुपर्ने बताए ।

महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीका अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका कार्यपालिका सदस्य ललिता कर्ण, ग्रिन नेपालका अध्यक्ष खेलानन्द दास, महिला बालबालिका तथा सामुदायिक विकास केन्द्रकी उपाध्यक्ष सुष्मा गुप्ता, मेची महाकाली बुहारी संयुक्त आवाजकी सचिव नानीमैया कटवाल, महिला मानव अधिकार रक्षक सञ्जालकी सहसचिव मनु खनाल, अधिवक्ता साधना कर्ण, ओसिएमसीकी मनिषा सिम्खडाले मर्यादित महिनावारीको स्वच्छता र स्वास्थ्यसम्बन्धी आ–आफ्नो धारणा राखे ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र दास, मालती चौधरी, ज्ञानु भट्टराई, शान्ता सिंह, जुगलकिशोर मुखियालगायतको उपस्थिती रहेको थियो ।
राजविराजस्थित कारागारमा समेत सञ्जालले महिला बन्दीहरुलाई स्यानिटरी प्याड वितरण गरेको छ ।
यसैगरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पाँचौ मर्यादित महिनावारी दिवसकोे अवसरमा राजविराजमा बालिकाहरुबीच भएको त्रिकोणात्मक टि–ट्वेण्टी क्रिकेट प्रतियोगितामा
राजविराज च्याम्सले खडग क्विनलाई पराजित गर्दै उपाधि चुमेको छ ।
सोही अवसरमा विभिन्न विद्यालयका छात्राहरुलाई मर्यादित महिनावारी तथा लैंगिक हिंसाबारे खेलको माध्यमले अन्तक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।

सप्तरी क्रिकेट संघका अध्यक्ष तथा सवल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले विजेतालाई कप तथा उपहार प्रदान गरे ।
यसैगरी मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेल, क्यानका मुख्य छनौटकर्ता दिपेन्द्र चौधरी, सबल नेपालका श्रेष्ठ, अशोक साह, परमेश्वर झा, एमसीसीका प्रशिक्षकहरुले उपविजेता र सहभागी विभिन्न विद्यालयका छात्राहरुलाई उपहार प्रदान गरे ।
कार्यक्रममा सम्बोधन गर्दै अधिकारकर्मी पोखरेलले महिनावारीलाई प्राकृतिक, सामान्य र स्वभाविक मान्दा पनि महिलामाथि हुने अनेकन हिंसा र विभेद अन्त्य हुने बताए । पुरुषले गर्ने सबै काम महिलाले गर्न सके पनि महिनावारी, स्तनपान, गर्भधारण र सन्तान उत्पादन गर्ने जिम्मेवारी प्रकृतिले महिलालाई मात्र दिएकोले सृष्ट्रिलाई निरन्तरता दिने महिनावारीलाई मर्यादित रुपमा हेरिनुपर्ने बताए ।
त्यसअघि जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जालका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक गजु सिद्धि बज्राचार्यले छात्राहरुलाई स्यानिटरी प्याड, रुमाल, साबुन वितरण गरेका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page