राजविराज । मधेश प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ ।
रामजानकी विवाह अर्थात विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले भोली आईतबार सार्वजनिक विदा दिने भएको हो ।
सरकारको राजपत्रमा प्रकाशित २०८० सालको विदाहरुको सूचिमा पुस १ गते विवाहपञ्चमीको अवसरमा एक दिने सार्वजनिक विदा हुने भएको छ ।
मधेश प्रदेशको पहिचान र विश्वप्रसिद्ध रहेको जानकी मन्दिरसहित जनकपुरधाममा भव्य विवाहपञ्चमी मेला लाग्ने भएपछि प्रदेश सरकारले भोली आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment