मधेस प्रदेश समाचार समाज

सप्तरीमा माटोको ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु

कञ्चनरुप, १ पुस । सप्तरीको अग्नीसाइरमा माटोको ढिस्कोले पुरिएर आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४ बनौलीका ४२ वर्षीय पर्शुराम यादव रहेका छन । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
घर नजिकैको नदि किनारमा पूजा गर्नको लागि माटो खन्ने क्रममा अचानक ढिस्को खसेर उनलाई पुरेको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि उनलाई राजविराज स्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । उक्त अस्पतालमा उपचारको क्रममा यादवको दिउँसो ३ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शव अस्पतालमै रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page