कोशी प्रदेश समाचार

अल्पसंख्यक समुदायका परिवारहरूलाई न्यानो कपडा (कम्बल) वितरण

बिराटनगर, १ पुस । सुनसरीको ईनरूवामा अल्पसंख्यक समुदायका परिवारहरूलाई न्यानो कपडा (कम्बल) वितरण गरीएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा ईनरूवा नगरपालिका ९ स्थितमा रहेका अल्पसंख्यक समुदायका ४० घर परिवारहरूलाई न्यानो कपडा वितरण गरीएको हो ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाको बिशेष आतिथ्यतामा आइतबार दिउँसो उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी , नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीज्युहरु, प्रहरी कर्मचारी लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page