खेलकुद मधेस प्रदेश

सप्तरीको रुपनीमा तीन दिवसीय कुस्ती प्रतियोगिता सुरु

राजविराज, २ पुस । रामजानकी विवाह पञ्चमीको अवसरमा सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर– ५ स्थित बसविट्टीमा सोमबारदेखि नेपाल–भारत मैत्रीपूर्ण कुस्ती (दंगल) प्रतियोगिता शुरु भएको छ ।
विवाह पञ्चमीको अवसर पारेर मेला आयोजक समितिले तीन दिवसीय कुस्ती प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा नेपाल र भारतका गरि २५ जना कुस्ती खेलाडीहरुले सहभागीता जनाएका छन् भने २ जोडी महिला कुस्ती खेलाडीको समेत सहभागिता रहेको छ ।
समितिका संयोजक चितरन्जन यादवको अध्यक्षता आयोजित प्रतियोगितामा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव, प्रमुख जिल्ला अधिकारी किरण थापाले संयुक्त रुपमा पहलमानहरूसँग हात मिलाई प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन खेल नेपालका हरिहर पहलमान भारतका हलचल पहलमान, नेपालका बाबा रामदेव भारतका भिम पहलमान र नेपालका सैतान सिंह भारतका बाबरसिंह पहलमान विच प्रतिस्पर्धा भएको थियो ।
बुधबारसम्म संचालन हुने प्रतियोगितामा नेपाल तथा भारतका चर्चित पहलमानहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।
प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा यस वर्ष नेपालका र भारतका चर्चित खेलाडीहरुले सहभागी जनाएको आयोजक समितीले जनाएको छ ।
मधेशमा हराउँदै गरेको कुस्ती खेललाई पुनःजिवित राख्न अहिले सप्तरीको विभिन्न स्थानमा कुनै न कुनै अवसर पारेर भारतीय पहलवानहरुको सहभागितामा गराउने गरिन्छ । हालै मात्र छिन्नमस्ता गाउँपालिका ३ मा समेत कुस्ती प्रतियोगिता संचालन गरिएको थियो ।
तराईका जिल्लामा निकै लोकप्रिय रहेको कुस्ती हेर्नका लागि हजारौं दर्शकहरु अखडामा पुग्ने गर्दछन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page