कोशी प्रदेश समाचार

त्रिवेणी वनबाट २ नाल भरुवा बन्दुक सहित २ जना पक्राउ

ताप्लेजुङ, ११ पुस । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका १ त्रिवेणी वनबाट भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेएको छ । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् ।
बिशेष सुचनाको आधारमा मंगलवार साँझ साढे ७ बजे प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त वनबाट २ नाल भरुवा बन्दुक र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरु, खुकुरी १ थान, गेटिस (गुलेली) १ थान, मारेको कालिज एउटा र मोबाईल १ थान सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page