समाचार

लोकतान्त्रिक आदिबासिजनजाति महासंघ सप्तकोसी नगर अध्यक्षमा चौधरी

फत्तेपुर । लोकतान्त्रिकआदिवासिजनजाति महासंघ नेपालको सप्तकोसी नगरपालिकाको नगर अध्यक्षमा नन्दलाल चौधरी चयन हुनुभएको छ।
लोकतान्त्रिक आदिबासी जनजाति महासंघ नेपाल सप्तकोसी नगरपालिकाको बुधबार सम्पन्न प्रथम नगर अधिवेशनले चौधरीको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ।
गठित कमिटीको उपाध्यक्षमा जितबहादुर गोले, सचिवमा राजेश चौधरी ,सह सचिवमा जिवन श्रेष्ठ र कोषाध्यक्षमा सन्जा चौधरी सर्वसम्मत चयन हुनु भएको छ ।

अशोक चौधरीको अध्यक्षता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न नगर अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सप्तरी इन्चार्ज मन्जु चौधरी, एमालेका केन्द्रिय सदस्य तथा मधेस प्रदेश सभा सदस्य राजकुमार लेखी, नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य उत्तमकुमार शर्मा, नेकपा एमाले सप्तकोसी नगर अध्यक्ष पारस दाहाल, सप्तकोसी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष देवकान्त गोजेवार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page