समाचार

१३ किलो लागुऔषध गाँजा सहित १ जना प्रहरी नियन्त्रणमा

चितवन । चितवन प्रहरीले १३ किलो लागुऔषध गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जिल्ला चितवन माडी नगरपालिका वडा नं. २ घर भई भरतपुर महानगरपालिका वडा नं. ३ स्थितमा डेरा कोठा गरि बस्ने बर्ष ४३ की दुर्गा अधिकारी रहेकी छन् ।

वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलिले प्राप्त सूचनाको आधारमा कोठामा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो ।

 निजलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page