कोशी प्रदेश समाचार

उदयपुर चौदण्डीगढीबाट भरुवा बन्दुक सहित एक पक्राउ

उदयपुर । उदयपुर प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर आपचोक गाउँपालिका वडा नम्बर १० बस्ने वर्ष २० को समीर राई रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक ओम प्रकाश पुनको कमाण्डमा खटिएको प्रहरी टोलिले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं १ कटरबोटे बाट मोटरसाईकलमा लुकाई छुपाई ल्याईरहेको अवस्थामा भरुवा बन्दुकसहित राईलाई पक्राउ गरेको हो ।
राईको साथबाट प्रहरीले भरुवा बन्दुक बनाउन प्रयोग हुने २ फिट ९ ईन्च लम्वाई भएको दवास १ थान, सोमा प्रयोग हुने ३ फिट १ ईन्च लम्वाई भएको फलामको नाल १ थान, वेरिङ १७ थान, भरुवा वन्दुकमा प्रयोग गर्ने वारुद सहितको सेतो वट्टा १ थान, फलामको गोली ४ थान, सेतो वटा भित्र भरुवा वन्दुकमा प्रयोग हुने रातो रङको केप १ थान तथा भरुवा वन्दुकमा प्रयोग हुने गोली बरामद गरेको छ ।
पक्राउ परेका राईलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी ईलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page