कोशी प्रदेश समाचार समाज

उदयपुरमा हायसको ठक्करबाट साईकल यात्री मङरातीको मृत्यु

उदयपुर, २६ पुस । उदयपुरको त्रियुगा नगरपालिकामा हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साईकल यात्री रौतामाई गाउँपालिका ७ का ३८ वर्षीय तुलसी मङरातीको मृत्यु भएको हो ।
बुधबार साँझ ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १-०५-००१ ज ००३५ नम्बरको हायसले बिपरित दिशाबाट आँउदै गरेका साइकल यात्री मङरातीलाई ठक्कर दिँदा उनी सख्त घाईते भएका थिए । उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका १० का ४५ वर्षीय किश्वर पाण्डेलाई हायस सहित नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उदयपुर प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page