समाचार

राजविराजमा इन्जिनियरिङ कलेजको नवनिर्मित भवनको उद्घाटन

राजविराज, ९ माघ । सप्तरीको राजविराजमा मंगलबार इन्जिनियरिङ कलेजको नव निर्मित भवन उद्घाटन गरिएको छ ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराज प्राङ्गणमा निर्माण गरिएको भवनको एक कार्यक्रमकाबीच पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का तत्कालीन साँसद यादवको संसदीय विकास कोषको ६ करोड २७ लाख ८७ हजारको बजेटबाट १५ कोठे इन्जिनियरिङ भवन निर्माण गरिएको थियो ।
भवनभित्र ४ कक्षा कोठा, ३ वटा ल्याव कोठा, पुस्तकालय कोठा, क्याबिन, एडमिन हेड, रिसेप्सन र प्रतीक्षा कक्ष, शिक्षक कोठा रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page