खेलकुद समाचार

लिटिल फ्लावरले जित्यो प्रथम विद्यालय स्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि

कञ्चनरुप, १३ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित स्वर्गीय राजु गौतम प्रथम विद्यालय स्तरीय टि-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा लिटिल फ्लावर सेकेण्डरी स्कुल कञ्चनरुप १२ रुपनगर २ विकेटले विजयी भएको छ ।
शनिबार शंकर माध्यमिक विद्यालय कञ्चनरुप-१२ रुपनगर र लिटिल फ्लावर सेकेण्डरी स्कुल रुपनगर बिच भएको फाइनल खेलमा लिटिल फ्लावर स्कुल बिजयि भएको हो ।
कञ्चनरुप रोयल क्लब कञ्चनरुप नगरपालिका १२ रुपनगरद्वारा प्रतियोगिताको आयोजना गरेको हो ।

क्लवका अध्यक्ष अभिषेक गौतमको अध्यक्षतामा आयोजित प्रतियोगिताको समापन कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले बिजेता तथा उप बिजेता खेलाडीहरूलाई शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिता समापन गर्दै नगर प्रमुख गुप्ताले खेलमा अनुशासन महत्वपूर्ण हुने भएकाले जसले अनुशासित भएर खेल खेल्छ त्यसले अवश्य विजय प्राप्त गर्ने बताए । राष्ट्रको लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भएकोले खेलकुदको विकासमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
खेलकुदको विकास भएमा युवाहरुको शारीरिक, बौद्धिक र शैक्षिकका साथै भौतिक विकास राम्रो हुने भएको बताउँदै उनले खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शनिबार सम्पन्न फाइनल खेलमा १ सय ९८ रनको लक्ष पाएको लिटिल फ्ल्वार स्कुलले १८।३ ओभरमा ८ विकेट गुमाएर लक्ष पुरा गरि बिजयि भयो । उक्त खेलमा जितका लागि लिटिल फ्लावर स्कुलका सुशील महतोले २३ बलमा ७२ रन र जयप्रकाश यादवले ४२ बलमा ४८ रन बनाएका थिए ।
सुरुमा व्याटिङमा उत्रिएको शंकर मा बि स्कुलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । शंकरका शिव राउतले २६ बलमा ५९, सुजन चौधरीले ३० बलमा ४६ रन र बिमल मण्डलले २८ बलमा ३१ रन बनाएका थिए भने अरु व्यड्सम्यानहरुले दोहोर अंक जोड सकेनन् ।
लिटिल फ्लावरका अरुण यादवले ४ ओभरमा २८ रन खर्चेर २ विकेट र जयप्रकाश यादवले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिएका थिए ।

यसैगरी शंकर मा बि का शिव राउतले ४ ओभरमा ३ विकेट र सुरज साहले ३।१ बलमा १ विकेट लिएका थिए ।
म्यान अफ दि म्याच सुशील मह्तो ,वेस्ट फिल्डर मिस्टर एहसान , वेस्ट वलर रौनक सिंह , वेस्ट ब्याटस म्यान प्रेम यादव , म्यान अफ दि सिरिज शिव राउत , फायर प्ले एवारड चिल्ड्रेन स्कुल , वेस्ट क्याच रमेश यादव र वेस्ट अल राउन्डर प्रमानन्द मण्डल भएका थिए । उनीहरुलाई कप तथा प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिएको थियो । बिजेता तथा उप बिजेता लाइ कप , मेडल प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page