समाचार समाज

कञ्चनरुप–७ आदर्श टोलबाट ८ किलो गाँजा सहित २ जना पक्राउ

कञ्चनरुप ,१२ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका–७ आदर्श टोलबाट ८ किलो अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–६ बस्ने ३१ वर्षीय सचिन यादव र २६ वर्षीय अजय प्रसाद यादव रहेका छन् । 

बिहीबार दिउँसो ३ बजेको समयमा प्रहरी चौकी धरमपुर र ट्राफिक प्रहरी कञ्चनपुरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा फत्तेपुरबाट कञ्चनपुर तर्क आउँदै गरेको को २५ प ७०२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सप्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page