समाचार

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ सप्तरीको अध्यक्षमा अंसारी, वरिष्ठ-उपाध्यक्षमा दास

कञ्चनरुप । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ सप्तरी जिल्ला शाखाको अध्यक्षमा सकिल अंसारी निर्वाचित भएका छन् ।
शनिबार राजविराजमा सम्पन्न महासङ्घको छैठौं अधिवेशनले अंसारीलाई सर्वसम्मत चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश दास , द्धितिय उपाध्यक्षमा अमित पाठक, सचिवमा इनर प्रसाद यादव, कोषाध्यक्षमा रवी कुमार साह र सह-सचिवमा राजकुमार लगरवार चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा जयराम चौधरी, शुरेश कुमार गोइत, धर्मेन्द्र चौधरी, विकाश ढाकुर र महिला सदस्यमा विमला चौधरी चयन भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page