बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
समाचार

कञ्चनरुप नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा रामनारायण साह

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामनारायण साह आएका छन ।
गत माघ १७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंले साहलाई कल्याणपुर नगरपालिकाबाट कञ्चनरुप नगरपालिकामा सरुवा गरेको हो ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका प्रशासकीय अधिकृत रामनारायण साहलाई कञ्चनरुप नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी दिइएको छ ।
कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेको सरुवा भएसँगै साह कञ्चनरुप आएका हुन् । घिमिरेको सरुवा मोरङ जिल्ला समन्वय समितिमा भएको छ ।
सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत साह यसअघि पनि कञ्चनरुपमा प्रमुख प्रशसाकीय अधिकृतको रुपमा काम गरिसकेका छन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page