मधेस प्रदेश समाचार समाज

सप्तरीमा ७६ वर्षीया बृद्धाको हत्या गरेको आरोपमा राम पक्राउ

राजविराज । सप्तरीमा ७६ वर्षीया बृद्धाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन ।
सप्तरीको सुरुङ्गा नगरपालिका–७ चकदहकी ७६ वर्षीया रेश्मीदेवी रामको हत्या आरोपमा सुरुङ्गा नगरपालिका–७ चकदहका २५ वर्षीय प्रमोद राम मंगलबार पक्राउ परेका हुन ।
आरोपितले ०८० कात्तिक ३० गते हत्या गरेको भन्दै मृतकका छोरा दुर्गानन्द मोचीले इलाका प्रहरी कार्यालय कडरबोनामा मङ्सिर १ गते उजुरी दिएका थिए । आरोपितविरुद्ध मङ्सिर १ गते पक्राउ पुर्जी जारी भएकोमा खोजतलासका क्रममा गाउँघरबाटै पक्राउ परेको इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिए ।
आरोपितले कुटपिट गर्दै पक्की घाटको पिलरमा ठोकिने गरी धक्का दिदा लडेर टाउकोमा चोट लागी घाइते रेश्मीको उपचारका क्रममा सप्तऋषी अस्पताल लहान, सिरहामा कात्तिक ३० गते राति साढे ११ बजे मृत्यु भएको थियो ।
शवको पोष्टमार्टम सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा मङ्सिर १ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय कडरबोनामा मङ्सिर १ गते उजुरी दर्ता भएको थियो ।

   

You cannot copy content of this page