समाचार

वन तथा वातावरण मन्त्री साहलाई साढे ७ किलोको मालाले स्वागत

खगेन्द्र कार्की /
फत्तेपुर, १० चैत्र । नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवनकिशोर साहलाई आज गृह जिल्ला सप्तरीमा साढे ७ किलोको मालाले स्वागत गरिएको छ ।
मन्त्री साहलाई सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा एक कार्यक्रमका बिच साढे ७ किलोको मालाले स्वागत गरिएको हो ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद साह मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएका हुन् । गृह जिल्ला बसाईको क्रममा मन्त्री साहले आफू मातहत हुने जिल्लाको विकास र जनताको समस्या बारे जानकारी लिन स्थलगत अध्ययन अनुसन्धान गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हनुमाननगर कंकालिनी नगरपालिका निवासी प्रतिनिधिसभा सदस्य साह फागुन २७ गते वन तथा बाताबरण मन्त्री नियुक्त भएका थिए ।
सप्तरी क्षेत्र नम्बर १ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य नवलकिशोर साह नेपाल सरकारको वन तथा वातावरण मन्त्री नियुक्त भएपछि सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा रहेको रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको एक कार्यक्रममा नव नियुक्त भएका वन तथा वातावरण मन्त्रीको स्वागतमा शनिबार एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ।
रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समुह फत्तेपुरका अध्यक्ष इन्द्र प्रसाद लुइँटेलको अध्यक्षता तथा नेपाल सरकारका बन तथा बाताबरण मन्त्री नवलकिशोर शाहाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सप्तकोसी नगर प्रमुख कृष्ण प्रसाद ढकाल, निबर्तमान नगरप्रमुख उत्तमकुमार शर्मा, सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल, वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन,सामुदायिक वन महासंघ सप्तरीका अध्यक्ष अशोक चौधरी , पर्सा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिष्णु देव चौधरी , समाजसेवी शम्भुवहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए।
नव नियुक्त भएका बन तथा बाताबरण मन्त्री साहलाई फत्तेपुरमा सामुदायिक बनको तर्फबाट पन्चेबाजा सहित फुलमाला, खादा लगाएर स्वागत गरिएको थियो । सोही अवसरमा फत्तेपुरका युवा ब्याबसाहि रमण बाबु कर्णले साढे सात केजिको माला लगाएर मन्त्रीलाई स्वागत गरेको रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्र प्रसाद लुइँटेल जानकारी दिए।
मन्त्रीको स्वागत कार्यक्रमको अवसरमा रक्तमाला नमूना सामुदायिक बन सप्तकोसी वडा न १ ,पर्सा सामुदायिक बन वडा न २,गङाजलि सामुदायिक बन वडा न ५ को तर्फबाट मन्त्री शाहालाइ मायाको चिनो समेत प्रदान गरिएको थियो।
मन्त्रीको स्वागत कार्यक्रमको अवसर पारेर रक्तमाला सामुदायिक बनले तयार पारेको बन तथा बाताबरण संरक्षण,पर्यटकिय स्थाल तथा पिकनिक स्पोर्ट् निर्माण लगायतका विभिन्न योजनाको डिपिआर सहितको प्रस्तावना समेत पेस गरिएको अध्यक्ष लुइँटेलले जानकारी दिए ।

   

You cannot copy content of this page