समाचार

चितवनबाट ल्याइएको भाले गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडियो

कञ्चनरुप । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको एक भाले गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा ५ स्थित कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा शनिबार मेघौली भाले गैंडा छाडिएको हो ।
यसअघि गत असोज १० गते पुष्पा र अञ्जली नामका दुई पोथी गैँडालाई कोशीमा छाडिएको थियो ।
वन मन्त्रालयको निर्णयअनुसार एउटा भाले गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको हो । बंश विस्तार गर्ने योजनाका साथ गैंडा यहाँ ल्याइएको छ ।

   

You cannot copy content of this page