मधेस प्रदेश समाचार समाज

बारामा SEE परीक्षामा चिट चोराउन सहयोग गरेको आरोपमा २ जना शिक्षक पक्राउ

बारा । बिहीबारबाट सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अमर्यादित कार्य गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवताल गाउँपालिका ६ बर्वा घर भई कलैया उपमहानगरपालिका २ अमर मावि दोहरीमा कार्यरत ४३ वर्षीय शिक्षक सुरेन्द्रप्रसाद यादव र आदर्शकोतवाल गाउँपालिका ३ भटिनिया घर भई बारागढी गाउँपालिका १ स्थित रहेको जनता मावि बुधगाईंमा नक्कली परीक्षा निरीक्षकको रूपमा खटिएका ४५ वर्षीय विनोदप्रसाद यादव रहेका छन् ।
सुरेन्द्रप्रसादलाई मोबाइलमार्फत चिट चोराउन सहयोग गरेको आरोप र विनोदप्रसादलाई नक्कली गार्ड बनेर चिट चोराउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडि बढाईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page