समाचार

त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु, एकजना बेपत्ता, पाँचजना मृतकको सनाखत

चितवन । काठमाण्डौंबाट गोरखा हिँडेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।
दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको हो । दुर्घटनापछि एक जना बेपत्ता छन् । मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ ।
प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका ७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ । अठार वर्षीय दिवस रोकाय बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो ।
आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी दुर्घटना भएको थियो । ट्याक्सी सडकबाट ८० मिटर तल त्रिशुली नदीमा खसेको हो ।

   

You cannot copy content of this page