काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाएको हो ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको छ । प्रतिलिटर मूल्य रु एक सय ७५ पुगेको हो ।
इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा रहेको छ ।
दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा प्रतिलिटर रु एक सय ७४ मूल्य कायम गरिएको छ भने तेस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु एक सय ७५ मूल्य कायम गरिएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2024/03/Screenshot_31-3-2024_212549_.jpeg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2024/03/Screenshot_31-3-2024_212549_.jpeg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)