मधेस प्रदेश समाचार समाज

सप्तरीमा श्रीमतीलाई वैवाहिक बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ

राजविराज । सप्तरीमा २१ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा उनका पति पक्राउ परेका छन ।
सुरुङ्गा नगरपालिका–१ की २१ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा उनका २८ वर्षीय पतिलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पीडितले ०८० पुस १६ गते राति वैवाहिक बलात्कार भएको भन्दै पति विरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा फागुन ३ गते उजुरी दिएकी थिइन् । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित पीडितको माइतघर पुगेका आरोपितले इच्छा विपरित बलात्कार गरेको पीडितले बताइन् ।
इलाका प्रहरी कार्यालय कडरबोनामा फागुन १० गते उजुरी दर्ता भएको थियो । आरोपितविरुद्ध जिल्ला अदालतबाट फागुन १० गते पक्राउ पुर्जी जारी भएको थियो ।
पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा फागुन ३ गते स्वास्थ्य परीक्षण भएको थियो ।

   

You cannot copy content of this page