राजनीति समाचार

ब्यापक रुपमा युवाहरू रोजगारका लागी बिदेश पलायन हुनु अत्यन्तै दु:खद पक्ष रहेको : मन्त्री लेखी

कञ्चनरुप, २ बैशाख । नेकपा एमाले कञ्चनरुप नगर कमिटी सप्तरीले आइतबार नगर पार्टी कार्यालयमा १२ वटै वडाका नेता कार्यकर्ता बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नगर कमिटीका अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा तथा मधेस प्रदेशका गृह , संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री लेखीले अहिले ब्यापक रुपमा युवाहरू रोजगारका लागी बिदेश पलायन हुनु अत्यन्तै दु खद पक्ष रहेको बताउँदै अव स्वदेशमै रोजगारको वातावरण सृजना गर्नु पर्नेमा जोड दिनुभयो ।
यस क्षेत्र पेडा, केरा खेती,आँप खेतीलाई उद्योगको रुपमा ल्याइ बढी भन्दा बढी युवाहरूलाई रोजगार दिलाउनका लागि उद्योग स्थापना गर्ने कार्यमा आफु लागी पर्ने बताउनुभयो ।
युवा ,महिला ,दलित सशक्तीकरणलाई रोजगार मुलक कार्यक्रम संचालन गरि उनीहरुको जिविकोपार्जनमा सहज वातावरण बनाउन आफ्नो तर्फबाट सहयोग रहने उहाँले बताउनुभयो । मन्त्री लेखीले पशुपालन ,बेमौसमी तरकारी खेतीलाई ब्यवसायको रुपमा संचालन गरेमा बेरोजगारी समस्या न्यूनीकरण भएर जाने बताउनुभयो ।

मिसन २०८४ लाई सफल बनाउनका लागि आजैका मितिबाट पार्टी संगठनलाई चुस्त दुरुस्त बनाइ जनताका समस्याहरुलाई समाधान गर्नका लागी पहल कदमि चाल्न मन्त्री लेखीले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको थियो ।
नेकपा एमाले १ नम्बर क्षेत्रका अध्यक्ष सोभितलाल यादव , रास्ट्रिय युवा संघ नेपालका नगर कमिटी अध्यक्ष जैनुद्दिन मियाँ , अनेमसंघकि नगर अध्यक्ष सीता पौडेल , प्रेस चौतारीका उत्तम आचार्य लगायतका वक्ताहरुले लागु औषध र यौन ब्यापारले गर्दा यस क्षेत्रका युवायुवतीहरु कुलतमा फसि नराम्रो अवस्थामा पुग्न थालेकोमा चिन्ता ब्यक्त गर्दै यसको रोकथामका लागी मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँहरुले खानेपानी ,सिंचाइ ,नदी नियन्त्रणका समस्याहरुलाई समाधान गर्न मन्त्रीलाई अनुरोध समेत गर्नुभएको थियो ।
मन्त्री लेखीले आजै कञ्चनरुप वडा नम्बर १२ का विभिन्न टोल बस्तीमा गइ जनताका समस्याहरु बुझ्ने काम समेत गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रदेश कमिटी सदस्य ,बसन्त मिश्र ,उत्तम कुमार शर्मा गौतम ,आशरादेवी चौधरी , डिक बहादुर बिक लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

   

You cannot copy content of this page