कोशी प्रदेश समाचार समाज

शिवसताक्षीमा नहरमा डुबेर १२ वर्षिय बालकको मृत्यु

झापा, ३ वैशाख । झापाको शिवसताक्षीमा नहरमा डुबेर १२ वर्षिय बालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आइतबार बिहान साढे १० बजे शिवसताक्षी नगरपालिका १० का ओम बहादुर बस्नेतको १२ बर्षिय छोरा बिवेक बस्नेत नहरको साईफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए ।
मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मोरङको मंगलबारे अस्पताल पठाएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page